arrow

निर्वाचनको मिति घोषणा गर्न भन्दै चार अधिवक्ताले सर्वोच्चमा रिट हाले

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
suprim-cort.jpg.jpeg
काठमाडौँ । सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसदलगायतलाई विपक्षी बनाई अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लिलाधर उपाध्याय र शशीकुमार कार्कीले दर्ता गरेको रिट निवेदनमा सो माग गरिएको हो । 
 
रिट निवेदनमा भनिएको छ, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग र प्रदेशको सिमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन सङ्घीय आयोग गठन गरी सोअनुसार कानुन निर्माण गरेर सङ्घीय प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरी संविधान कार्यान्वयन गरियोस् ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ