arrow

परिषद्ले समाजलाई लाभान्वित तुल्याउँदै आएको छ : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
pm-deuba-speech.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याण परिषद्ले  समाजलाई लाभान्वित तुल्याउँदै आएको बताएका छन् । ४३ औं सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री  देउवाले शुभकामना दिदै यस्तो बताएका हुन् ।

परिषद्ले स्वास्थ्य तथा शिक्षा सेवाको विस्तार , युवा , महिला , वृद्ध वृद्धा तथा सीमान्तकृत समुदायको सशक्तीकरण , मानव अधिकारको प्रवर्द्धन , उद्धार , कल्याण , आयआर्जन लगायतका विविध कार्यक्रम सञ्चालन गरी हाम्रो समाजलाई लाभान्वित तुल्याउँदै आएको उनले बताएका छन् । 

दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान भन्ने मूल नाराका साथ मनाउन मनाउन सुरु गरेको दिवसमा शुभकामना दिएका हुन् । 

समाज कल्याण ऐन , २०४९ बमोजिम स्थापित समाज कल्याण परिषद्ले स्थापना कालदेखि नै मुलुकमा समाज सेवाको क्षेत्रलाई प्रवर्द्धन गर्न र गैर सरकारी सङ्घसंस्थालाई समाज कल्याणको क्षेत्रमा व्यवस्थित तवरले परिचालित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।

गैर सरकारी सङ्घसंस्थाले सरकारको विकास सहयात्रीका रूपमा दुर्गम क्षेत्रका सर्वसाधारणको हित र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ