arrow

बर्खे दुर्घटनाले अझै छाडेन, ट्रक नदीमा खस्दा दुई जनाको मृत्यु, दुई गम्भीर

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
truck-accident.jpeg
चितवन । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक मंगलबार बिहान ३ः४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । 
 
घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । 
 
दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ