arrow

माइक्रोबस दुर्घटनामा छजना घाइते

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
accident.jpeg
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् । 
 
पूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 
माइक्रोबसमा सवार झापा बिर्तामोड–५ का चिन्टु दास, झापा शिवसतासी–९ की धनमाया राई, सोही ठाउँकी धनकुमार लिम्बू, बिर्तामोड–७ का मानोज भट्टराई, कपिलवस्तुका विवेक श्रीवास्तव र धनकुटा आहाले–८ की आशा राई लगायत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । 
 
सो माइक्रोमा १४ जना यात्रु सवार थिए । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ