सत्याग्रही गोविन्द केसीको अनसन तोडियो, सरकारसँग दश बुँदे सहमति
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
1.8k
Shares
काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीको आमरण अनसन तोडिएको छ । बीसौं पटकको आमरण अनसन अन्तर्गत विगत १३ दिनदेखि अनसनमा रहेका केसीको पक्ष र सरकारी पक्षबीच १० बुँदे सहमति भएसँगै डा. केसीले आमरण अनसन तोडेका हुन् ।
तर त्यसमा सम्बोधन नभएको ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्डबिना नियुक्त भएका पदाधिकारीहरुलाई पदमुक्त गरियोस्’ भन्ने माग कायमै रहेको डा. केसीले विज्ञप्ति जारी गर्दै जनाएका छन् । उनले त्यसका लागि आफू निरन्तर संघर्षमा रहने पनि बताएका छन् ।