arrow

ओलीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
kp-oli-balkot-meet.jpg

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले  निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् ।

शनिवार धनुषा  जनसभामा पुगेका ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए ।

उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भने, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरे । 


 



नयाँ