arrow

आफ्नो हकका लागि आफैं घोषणापत्र बनाउँदै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
WhatsApp Image 2022-09-25 at 11.45.26 AM.jpg

काठमाडौं । पहिलो पटक अपाङ्गताहरुले आफ्नो हकका लागि आफूले नै पार्टीको घोषणापत्रमा माग र योजना लेख्न पाउने भएका छन् । त्यो अवसर नेपाली कांग्रेसले दिएको हो । कांग्रेसले हरेक मतदातालाईसमेत पार्टीको घोषणापत्रमा समेट्न पर्ने विषयहरुलाई सुझावका रुपमा दिन आह्वानसमेत गरेको छ । 

सोही क्रममा अपाङ्गता भएकाहरुले आफ्नो हकका लागि आफैंले नै एजेन्डा बनाएका छन् । अपाङ्गता भएकाहरुको विषय समेट्नका लागि घोषणापत्र तयारी समिति सदस्य भोजराज श्रेष्ठलाई जिम्मा दिइएको छ । जसका लागि भएको भेलाले समान अवसर र उपस्थितिमा आफूहरुको अधिकार सुनिश्चित हुने गरी घोषणापत्र सार्वजनिक गर्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ । कांग्रेसको घोषणापत्र तयारी समितिको शनिबार भएको छलफलका क्रममा अपाङ्गता भएकाहरुको हरेक क्षेत्रमा पहुँच हुने गरी घोषणापत्र बनाउन सुझाव आएको हो । 

कांग्रेसको घोषणापत्र बनाउन विभिन्न समितिहरु तयार गरिएको छ । जसमा अपांगता भएकाहरुको घोषणापत्र बनाउने जिम्मा लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठले पाएका छन् । उनको उनको संयोजनमा शनिबार भएको कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएकाहरुलाई कसरी समेट्न सकिन्छ भनेर गम्भीर छलफल गरेका हुन् । 

कांग्रेस सहमहामन्त्री जीवन परियारले अपाङ्गता भएकाहरुलाई आगामी दिनमा कसरी सँगसँगै अगाडि लैजान सकिन्छ भनेर योजना बनाउनु पर्नेमा जोड दिएका छन् । अन्य क्षेत्रका पिछडा वर्ग भन्दा पनि अपाङ्गता भएकाहरुलाई तल पारिएको भन्दै परियारले अब भने राज्य संचालनमै हुने गरी असमान कानून हटाएर नेपाली कांग्रेसले उनीहरुका मुद्दालाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

त्यस्तै पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले पनि आफूले अपाङ्गता भएकाको हक हितका लागि पहिलेदेखिनै लागेको र अब पनि लाग्ने बताइन् । 

दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्तले नेता प्रकाश पन्तले कार्यक्रममा विभिन्न सुझावहरु लिएर छलफलका लागि राखेका थिए । उनले कतिपय मुद्दाहरु समान अवसरका लागि नदेखिएको भन्दै राजनीतिक लगायतका क्षेत्रमा जनसंख्याको आधारमा अपाङ्गता भएकाहरुलाई समेट्नु पर्नेमा जोड दिए । 

अपाङ्गता भएकाहरुकी अभिभावक डा। सुनिता मलेकूले अपाङ्गताको बेलैमा पहिचान गर्नुपर्नेमा जोड दिएकी छिन् । अभिभावकले बेलैमा खोजी नगर्दा अपाङ्गता भएकाहरुको भविष्य झन् गम्भीर हुँदै जाने उनले बताइन् । बेलैमा खोजी गर्ने हो भने अपाङ्गताको गम्भीरपन कम गर्न सकिने मलेकूको भनाइ छ । 

 उक्त छलफल निकै फलदायी भएको भन्दै अभियन्ता माधवप्रसाद चम्लागाईँले सामाजिक अवस्था, जनसंख्या लगायतलाई आधार मानेर अपाङ्गता भएकाहरुलाई समेट्नु पर्नेमा धारणा आएको बताउँदै कांग्रेसले नै अपाङ्गता भएकाहरुलाई सम्मानसहित अगाडि बढ्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिएको बताए । 

घोषणापत्र तयारी समिति सदस्य भोजराज श्रेष्ठले यो छलफल उपलब्धिमुलक भएको भन्दै यसकै आधारमा अपाङ्गता भएकाहरुको विषय समेटेर घोषणापत्र बनाइने बताए । 

उनले भने, ‘अपाङ्गता भएका व्यक्तिको सवालमा घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुकै प्रस्फुटनबाट सम्बोधन गर्ने भन्ने आएको छ । यो राम्रो हो । पहिले त घोषणापत्र बनाएकै थाहा हुँदैनथ्यो । हामीले दिएका सुझाव दुई चार वटा समेट्ने तर त्यो अर्कै अर्थमा आउँथ्यो । अहिले हामीले सबैलाई आवश्यकताअनुसार समेट्ने प्रयास गरेका छौं ।’ 

कार्यक्रममा कांग्रेस पदाधिकारीसँगै अपाङ्गताका अभिभावकहरु, अपाङ्गताका अभियन्ताहरु, कांग्रेसका महाधिवेशन प्रतिनिधि, अबको निर्वाचनका उम्मेदवारका आकांक्षी लगायतको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष दीपक कोइराला, घोषणापत्र ड्राफ्ट समिति सदस्य सुमित खरेल, अभियन्ताहरु विकास थापा, गणेश केसी, रमा ढकाल, किरण शिल्पकार, रामनारायण श्रेष्ठलगायत मेचीदेखि महाकालीसम्मका लगभग सबैको प्रतिनिधित्व रहेको श्रेष्ठले जानकारी दिए । 

WhatsApp Image 2022-09-25 at 11.45.33 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.32 AM (1).jpeg
WhatsApp Image 2022-09-25 at 11.45.32 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.31 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.30 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.29 AM (1).jpeg
WhatsApp Image 2022-09-25 at 11.45.29 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.28 AM (1).jpeg
WhatsApp Image 2022-09-25 at 11.45.28 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.27 AM (1).jpeg
WhatsApp Image 2022-09-25 at 11.45.27 AM.jpeg
WhatsApp Image 2022-09-25 at 11.45.26 AM.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ