arrow

गृह क्षेत्रबाट ओलीको बोली- जनविरोधी तत्त्व पराजित भए मात्र देशले समृद्धिको गति लिनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
kp-oli-angry.jpg

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनविरोधी तत्त्व पराजित भए मात्र देशले समृद्धिको गति लिने बताएका छन् । आइतबार आफ्नै गृह क्षेत्र पुगेर ओलीले यस्तो बताएका हुन् । 

गृह क्षेत्र झापाको दमकमा पार्टी प्रवेश गराउँदै ओलीले भने, “आगामी निर्वाचनबाट जनविरोधी तत्त्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ ।” 

यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्त्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए ।

उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ