arrow

बलिउड अभिनेता एवं भाजपा सांसद शत्रुघन सिन्हा काठमाडौंमा

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
satrughan-hinha-news.jpeg
काठमाडौं । बलिउड अभिनेता एवं भारतीय जनता पार्टी भाजपा सांसद शत्रुघन सिन्हा काठमाडौं आइपुगेका छन् । सिन्हा वुधबार हुने एलजी फिल्म अवार्डमा सहभागी हुने कार्यक्रम छ ।
 
अवार्ड समारोहमा सिन्हा विशेष अथिति रहने छन् । शत्रुघन सिन्हा चर्चित बलिउड नायिका सोनाक्षी सिन्हाका पिता हुन् ।
 
अभिनय पछि राजनीति क्षेत्रमा लागेका सिन्हाको राजनीति यात्रा भारतीय जनता पार्टीबाट सुरु भएको हो । सिन्हा २००९ मा लोक सभा अन्तर्गत विहारको साधारण निर्वाचनमा विजयी भएका थिए । सिन्हाले भारतीय साधारण निर्वाचन २०१४ मा पनि विजयी हासिल गरेका थिए । 
 
अभिनय जस्तै राजनीतिमा पनि आफुलाई स्थापित गराउन सफल सिन्हा दुई पटक मन्त्री समेत भइसकेका छन् । सिन्हाको बलिउड यात्रा भने सन् १९६९ मा साजन फिल्मबाट भएको हो । 
 
सिन्हाले थुप्रै फिल्म अवार्ड  जितेका छन् । पछिल्लो पटक सिन्हा बलिउड सिने क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै आइआइएफ अवार्ड २०१४ बाट सम्मानित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ