arrow

डा सुनील शर्माको वाचाः थारु समुदायलाई सधै सहयोग गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
Dr.Sunil-Sharma.jpg

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनील शर्माले थारु समुदायका लागि आफूले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा. शर्माले थारु समुदायको संस्कार, संस्कृतिको प्रवद्र्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् ।
    
आफू थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा. शर्माले थारु समुदायको संस्कार, संस्कृतिका बारेमा जानकार रहेको उल्लेख गरे । डा.शर्माले हरेक वर्ष मिस्टर एण्ड मिस थारु आइकनलाई नोबेल अस्पतालमार्फत प्रायोजन गर्दै आएका छन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
    
थारु समुदायमा लुकेका प्रतिभाहरु रहेको भन्दै डा.शर्माले त्यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउँन सदैव सहयोग गर्ने धारणा राखे । थारु आइकन जस्ता कार्यक्रमले यस्ता प्रतिभालाई उजागर गर्न सहयोग पुर्याउने भएकाले आफुले कार्यक्रमलाई सहयोग गर्दै आएको उनले बताए ।

‘थारु समुदायमा पनि लुकेका प्रतिभा छन्, यस्ता कार्यक्रमले उनीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्छ,’ डा.शर्माले भने, ‘थारु समुदायलाई सहयोग पुर्याउनलाई मैले यो कार्यक्रममा सहयोग गर्दै आएको छु, आगामी दिनमा पनि यो सहयोग निरन्तर रहनेछ ।’

    थारु आइकनको यो तेस्रो सिजन हो । तीन वटै सिजनलाई नोबेल अस्पताल मार्फत डा.शर्माले प्रायोजन गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ