काठमाडौं । निजामती कर्मचारीहरूको राष्ट्रिय दिवस निजामती सेवा दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । बुधबार विहानै विभिन्न सरकारी निकायका कर्मचारीहरू काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी गर्दै काठमाडौंको प्रज्ञा प्रतिष्ठान विशेष कार्यक्रममा सहभागी भएका छन् ।
सयौंको संख्यामा झाँकीसहित भृकुटमण्डपबाट शहीदगेट रत्नपार्क हुँदै प्रज्ञाप्रतिष्ठानमा पुगेका कर्मचारीहरूको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
विभिन्न मन्त्रालय तथा अन्य विभागीय निकायका कर्मचारीहरू छुट्टाछुट्टै ब्यानर सहित प्रभातफेरीमा सहभागी भएका थिए । कर्मचारीहरूको भीड रहेको प्रज्ञा प्रतिष्ठानका केही तस्वीरहरू :