arrow

एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
bishnu-poudel-election-2079.jpg

बुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेका छन् । पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिए ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना शुरु गर्न उम्मेदवारी दिएको बताए । उनले पूर्वाधारसहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे ।

यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गरेका छन् । यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिएका छन् । 

रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका छ र सैनामैना नगरपालिकाका चार वटा वडा पर्छन् । 

यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ