एमालेको बागी भीड, मधेसमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
2.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।
चन्द्रभुषण साह, सर्लाही १ क
रेनुका पोडेल, सर्लाही ३ क
उमेश कुशवाहा, बारा ४ ख
केशव राय चौधरी, रौतहट ३ क
कुन्दन कुशवाहा, रौतहट ३ ख
राजेश चौधरी, रौतहट १ ख
मनोज यादव, रौतहट १ ख
मुजिम राय, महोत्तरी ३ क
सुनिल रोहित, महोत्तरी ३ ख
गोपाल प्रसाद यादव, सिरहा ३ ख
योगेश सिंह, सिरहा २ ख
प्रमोद महतो, महोत्तरी १ ख
देवराज घिमिरे, बारा १ क
जयन्त कुशवाहा, बारा १ ख
कदम रसुल, पर्सा– ख
प्रह्लाद गुप्ता, पर्सा ४ ख
विनोद लामा, पर्सा २ क