arrow

प्रधानमन्त्री देउवाले दिउँसो २ बजेसम्म जवाफ दिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
sher-bahadur-deuba-grief.jpg
तस्बिर – फाइल ।

डडेल्धुरा । फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसिमा दिईएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । 

डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवामाथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवाविरुद्ध सोमवार उजुरी परेको थियो । 

सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजू राणा देउवालाई वारेस बनाएर आइतबार उम्मेदवारी दर्ता गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ