arrow

प्रधानमन्त्री देउवाको प्रतिबद्धताः गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
deuba-2079-06-25.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार राजधानीमा भएको गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

देउवाले भने, ‘‘तपाईहरुले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनमा समेटेर लैजानेछौँ । आफूसँग भएको सीप, पुँजीहरू नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’’ 

देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान पनि गरेका छन् । प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।  

सोही क्रममा मंगलबार होटल याक एण्ड यतीमा कार्यक्रमको आयोजना भएको हो । दुई दिनसम्म चल्ने कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओ‌लीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडौंस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाले महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरूको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ