arrow

उजुरीको जवाफ दिए प्रधानमन्त्री देउवाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
sher-bahadur-deuba-congress-final-2021.jpg

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन् । 

देउवाले पठाएको जवाफ मङ्गलबार बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए । 

देउवाका विपक्षी नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको भन्दै उजुरी दर्ता गराएका थिए । निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो । 

देउवाको नागरिकतामा जन्म मिति विसं २००३ जेठ ३१ गते छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको पाइएको छ । छ पटक डडेल्धुराबाट निर्वाचित भइसकेका देउवा सातौँ पटक मैदानमा छन् । 

२०५२ सालदेखि प्रधानमन्त्री बन्न थालेका देउवाले पाँचौं कार्यकाल उक्त पद सम्मालिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ