arrow

मधेसी मोर्चा र गठबन्धनमा दरार : व्यक्तिवादले आदिवासी र जनजातिलाई छोड्नेसम्मको विचलन

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । संविधानप्रति असन्तुष्ट मधेसी र आदीवासी दलका नेताहरुबीच मानसिक विचलन आएको छ । 
 
सो मानसिक विचलनले एजेण्डा समाप्त हुने खतरा उत्पन्न भएको छ । गएको आइतबार बसको दुई छुट्टा–छुट्टै बैठकले एउटै निर्णय गर्यो । संविधान जारी भएको दिन असोज ३ लाई कोलो दिवसका रुपमा मनाउने । त्यो निर्णयमा पनि संघीय गठबन्धनका नेताहरुले केही फेरबदल गरेको भन्दै मोर्चालाई प्रधानता दिइरहेकाहरुले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफुले मुद्दा स्थापित गरेको भनि जस लिन खोजिरहेको आरोप लगाए । 
 
यसको अर्थ संविधानप्रति असन्तुष्ट शक्तिहरु निजी स्वार्थकै लागि र व्यक्तिको अस्तित्वको लागि सारा नेपालीलाई धोका दिँदैछन् भन्ने हो । तमलोपाका एक प्रभावशाली नेताका अनुसार व्यक्तिको अस्तित्वका लागि आन्दोलन गर्ने मोर्चालाई आदीवासी जनतातीबाट अलग गर्न खोजिँदैछ । उनले भने, ‘संघीय समाजवादी फोरमको कार्यलयमा भएको बैठकमा हामी गएका थिएनौं । हामीलाई जानकारी थिएन । संविधान संशोधनको प्रस्ताव तयार पार्न कार्यदल बन्यो । त्यसको संयोजक बनाइएका लक्ष्मण कर्ण अनविज्ञ रहे । महत्वपूर्ण बैठकका लागि सूचना नै नदिने चलन निकै चल्यो ।’ उक्त कार्यदल के प्रयोजनका लागि बन्यो त्यो उहाँहरुलाई नै थाहा होला । तर, हाम्रो विचारमा त्यसको कुनै आवश्यकता छैन । 
 
उनले थपे, ‘त्यो उपेन्द्र जी को अपरिपक्वता हो । आदीवासी जनजातीलाई पनि त्यो कार्यदल चाहीदैन । सरकारले बनाउनुस् भनेको पनि हैन ।’ यहाँ कोही–कोहीलाई आफ्नो नामको चिन्ता छ । केहीले आफुलाई ठूलो मान्छे देखाउन खोजीरहेका छन् । जसले हामीमाझ विचलन ल्याइरहेको छ । 
 
आन्दोलन मोर्चाले नै गरेको हो । यो सरकारका पालामा सहमति हुन्छ की भन्ने आशा जागेको छ । तर, उपेन्द्रजीको चंगुलमा परेर अन्य पहिचानवादीहरु धरापमा पर्दै छन् । अधिकार र पहिचानको मुद्दा एकातिर छ । अर्कोतिर हानथापको राजनीति भइरहेको छ । उनले भने, ‘म नितान्त आन्तरिक कुरा गर्दै छु, हामी संघीय गठबन्धनलाई तोड्न चाहँदैनौं । उहाँले (उपेन्द्र यादव) आफै आफुलाई गठबन्धनको संयोजक घोषणा गर्नु भो । हामीले केही छैन ठिकै छ भनेर सहेर बस्यौं । फेरि पनि म मात्रै सबै थोक हो भनेर उहाँ त्यस्तै क्रियाकलाप गरिरहनु भएको छ ।’ 
 
अर्को गम्भीर कुरा, मोर्चाले आदीवासीलाई धोका दियो भने उहाँहरुको विचल्ली हुन्छ । उनका अनुसार आदीवासी जनजाती नेताहरुले जिल्लामा फेरि बलियो रुपमा आन्दोलन गर्न सक्दैनन् । काठमाडौंमा मात्रै आन्दोलन गर्न सक्छन् । संघीय समाजवादीको पछिपछि उहाँहरु हिँडिरहनु भएको छ । उनले थपे, ‘हामीे त्यति पनि सहेर बसिरहेका छौं ।
 
हामी आदीवासी जनजातीलाई छोड्न सक्दैनौं । तर, उहाँहरु आफै दुर्घटनामा पर्ने काम गरिरहनु भएको छ । जसले उहाँहरुलाई ठूलो घाटा हुन सक्छ । मोर्चालाई भए आंशिक घाटा होला ।’ समयमै सचेत हुन जरुरी छ । मोर्चाका नेताहरुले पछिल्लो समय आवश्यक परे अघि सर्ने र नभए बढी चासो नराख्ने रणनीति लिएका छन् । 
 
कुन प्रयोजनका लागि कार्यदल ? 
संघीय समाजवादी फोरमका प्रवक्ता एवं सांसद शिवजी यादवले यसअघि बुँदागत रुपमा मात्रै संविधान संशोधनका विषयहरु गएका र अब मसिनो ढंगले प्रस्तावनै तयार पार्ने किसिमले आन्तरिक तयारीका लागि कार्यदल बनेको बताए । 
 
उनले भने, ‘हाम्रो अध्यक्षहरु कानूनी पृष्ठभूमीको । उहाँहरु यसअघि संविधान मस्यौदा समिति र निक्र्योल समितिमा समेत बसिसक्नु भएको पनि । सुक्ष्म रुपमा सानातिना विषयहरु समेटेर प्रस्ताव तयार पार्ने गरी कार्यदल बनाउनु भएको हो ।’ 
 
बुँदाबाहेकका केही प्राविधिक शब्दावलीहरुको समेत अध्ययन गरी आन्तरिक पूर्ण तयारी गर्ने र सरकारले छलफलका लागि बोलाएका खण्डमा कुनै कमजोरी नदेखियोस् भन्ने हो ।  भोलि फेरि बारम्बार यो अथवा त्यो विषय राखिरहन नपरोस् भन्ने पनि हो, उनले थपे, ‘कसैले मलाई समितिमा राखेको थाहै छैन भन्न मिल्दैन । उहाँहरुलाई नसियत दिएको त हैन नि ! अब यसविषयमा लामो विवाद नहोला । अध्यक्ष ज्यूले नि मिलिसक्यो भन्नु भएको छ ।’ कुनै राजनीतिक मान्छेका लागि यो जिम्मेवारी महत्वपूर्ण हो ।   
 
सरकारसंग भएको ३ बुँदे मध्ये तेस्रो नम्बरकोमा सरकार बन्यो । दोस्रो नम्बरकोमा लगभग काम सकिनै लागेको छ । अब जाने एक नम्बरकै मा हो । त्यसको तयारीका लागि हामीले आन्तरिक किन नगर्ने भनेरै कार्यदल बनाइएको हो । जहाँ हाम्रो भोलि केही कमजोरी नरहोस् भन्ने नै हो । 
 
उनले आफुहरु आन्तरिक समस्याप्रति पूर्ण सचेत रहेको समेत बताए । उनले भनेका छन्, ‘यहाँ विवाद गरिरहनु पर्ने कारण छैन । मेजर पिलर मोर्चा नै हो । जहाँ सम्म बैठकमा जानकारी दिइएकै छैन । भन्नु राम्रो होइन । सबैलाई जानकारी दिएरै बैठक बस्छ । कसैले भन्छन् भने नीउ खोज्ने कुरा मात्रै हो ।’
 
आदीवासीले धोका पाउँछन् भन्नु मोर्चाको ठूलो भूल हो !
यादवले भनेका छन्, ‘आदीवासीले धोका पाउँछन् । हामीले धेरै झेलिसकेका छौं भन्नु मोर्चाले मुद्दा विर्सनु हो र ठूलो भूल हो ।’ यसले हामीहरुबीच नकारात्मक वातावरण सिर्जना गर्छ । कसैले कसैलाई चिड्याउने कुरा गर्नु हुँदैन, उनले भने, ‘यसमा पनि मै ठूलो भन्ने कुरा कसैले गर्नु हुँदैन ।
 
सबैलाई एक अर्काकै भर हो ।’ यदी त्यस्तो हो भने, राष्ट्रलाई ठूलो घाटा हुन्छ । हामी दुई पक्षले त झन् ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । उनले थपे, ‘अहिले झन् बटुल्ने बेला हो । छोड्ने बेला होइन । संविधान संशोधनको लागि हामी सबै मधेसवादीहरु मात्रै एक भएर पुग्दैन । जनजातीहरु आउँदा पनि दुई तिहाई नपुग्ने अवस्थामा हामीले यस्तो सोच राख्नु ठूलो धोका हो ।’
 
हामीलाई भोली यसरी एक ठाउँमा उभिने अवसर कहिल्यै प्राप्त हुँदैन । आदीवासी जनजाती पडाडे मुलका तर मुद्दा एउटै । यस्तो अवसर कहिल्यै जुर्दैन । मुखैमा निर्वाचन छ । जनताले नियालीरहेका छन् । त्यहीबाट परीक्षा हुनेवाला छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ