arrow

संविधान संशोधन, सीमाङ्कन र स्थानीय निकायको निर्वाचनबारे तीन दलबीच छलफल

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
3-dal-baithak.jpeg
काठमाडौँ । संविधान संशोधन, सीमाङ्कन र संविधानमा उल्लेख भएका विभिन्न आयोगका विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सीमा निर्धारण आयोगले गर्दै आएको स्थानीय निकायको पुनःसंरचनाको कामलाई निरन्तरता दिने बारेमासमेत छलफल भएको बताइएको छ । 
 
बैठकमा आउँदो चैतसम्ममा स्थानीय निकाय निर्वाचनबारेसमेत छलफल भएको छ । 
 
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुनःसंरचनाबारे आयोग ल्याएको खाकाको बारेका छलफल गरेर अगाडि बढ्न सकिने धरणा राखेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
 
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपधानमन्त्री कृष्णबहादुर महरा, नेता वर्षमान पुन, काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, र नेकपा एमालेको तर्फबाट नेता झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताको सहभागिता थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ