arrow

प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
sher bdr deuba.jpg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ। बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन्।

प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ख बमोजिम प्रधानमन्त्री सिफारिसमा उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ