arrow

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
Ministry-Education-hamrakura-620x330b-MOE.jpeg
काठमाडौँ ।  ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । 
 
दिवस मनाउन शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । 
 
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरेकी छिन् ।  
 
नेपाल विद्याभूषण पदक ‘क’ बाट १९० जना, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट चारजना विभूषित भएका छन् । 
 
दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालबाट उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने कार्यक्रम छ । साँझ स्वप्न बगैँचामा जलपानको आयोजना गरिएको छ । 
 
जिल्लास्तरमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । 
 
मन्त्रालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद रु दुई लाखको पुरस्कार पाउने सामुदायिक र निजी विद्यालयको नाम सार्वजनिक गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ