arrow

उजुरीबारे टोपनारायणको खुलासाः स्वतन्त्र उम्मेदवार निकोलस विरुद्ध मलाई झुक्काएर उजुरी दिन लगाइयो (भिडियो )

logo
नारायण वली,
प्रकाशित २०७९ असोज २८ शुक्रबार
dharna karyakram 3.jpg

रुपन्देही । प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र न–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल 
(डा.निकोलस भुसाल) विरुद्ध अध्ययनका क्रममा पाएको छात्रवृत्ति बिषयलाई लिएर उजुरी दिएका स्वतन्त्र उम्मेदवार टोपनारायण पौडेलले आफुलाई झुक्काएर उजुरी दिन लगाएको रहस्य खुलाएका छन् । 

उजुरी बिषय रोचक वन्दै गएका बेला यता स्वतन्त्र उम्मेदवार टोपनारायण पौडेलले शुक्रवार (हाम्राकुरा) संगको कुराकानीमा आफुलाई झुक्काएर उजुरी दिन लगाएको बताएका हुन् । उनले भनेका कुराहरु भिडियोमा समेत हेर्न र सुन्न सकिन्छ । 

निर्वाचन आयोग बुटवल कार्यालयमा असोज २४ गते उजुरी दिएका पौडेलको उजुरी उपर असोज २५ गते अर्काे दिन मध्यराती निर्वाचन आयोग कार्यालय बुटवलका प्रमुख उदबिर नेपालीले निर्वाचन निर्देशिका २०७९को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेखवार हुन पाउने योग्यता नपुगेकोले निजको उम्मेदवारी खारेज भएको भन्ने सुचना जारी गरेर एक रात एकदिन सम्पर्क बाहिर भएपछि रुपन्देही क्षेत्र न–२ मा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार भुसाल र गठबन्धनका साझा उम्मेदवार राजु गुरुङ्ग समेतको उम्मेदवारी खारेज भएपछि यहाँको माहोल खलबलिएको छ । 

मध्यरातमा एकैपटक दुवैजनाको उम्मेदवारी खारेज गरेर निर्वाचन आयोगका प्रमुख नेपालीको कार्य शंकास्पद भएको भन्दै टिप्पणीसमेत भएको थियो । मध्यरातमा उम्मेदवारी खारेज गरेर निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि  बुटवलस्थित रुपन्देही २ को निर्वाचन कार्यालय तनावग्रस्त वन्दै आएको छ । अधिकृत नेपाली कसैको सम्पर्कमा नआएपछि, उनी कहाँ छन् भन्नेबारे समेत निर्वाचन कार्यालयका अन्य कर्मचारीहरुले थाहा नभएको बताई रहँदा अधिकृत नेपालीकी श्रीमती गण्डकी प्रदेश सभाको एमाले उम्मेदवार रहेको खुल्यो । राष्ट्रिय सभाका अध्यक्ष तथा एमाले नेता गणेश तिमिल्सिनाको सचिवालयमा काम गरिरहेका उनी काजमा रुपन्देही २ को निर्वाचन अधिकृत बनेर आएको मात्रै होइन, उनी एमाले निकट समेत रहेको चर्चा चुलियो  ।

यसबीचमा छात्रवृत्ति बिषय के हो भन्ने बारेमा डा.भुसालसंग बुझ्दा उनले आफूले टिचिङ अस्पतालबाट पाएको छात्रवृत्ति गत बैशाखदेखि नलिएको बताउँदै छात्रवृत्ति लाभ नभएको दाबी गरे । उनले थपे, उम्मेदवारी दिनुअगावै आफू अध्ययनरत संस्थाबाट एकवर्षको लागि बिदा लिएको र छात्रवृत्ति पनि नलिएको बताए । 

निर्वाचन अधिकृतले गरेको उम्मेदवारी निर्णय खारेजी कार्य कानून सम्मत नभएको एक कानून व्यवसायीले बताएका छन् । छात्रवृत्ति कुनै लाभको पद पनि होइन, त्यसमाथि उम्मेदवारलाई स्पष्टीकरणका लागि समय दिनुपर्ने कानूनमा स्पष्ट खुलाईएको उल्लेख गरे । यता स्वतन्त्र उम्मेदवारी निकोलसका समर्थकहरुले निर्वाचन अधिकृतको कार्यशैली प्रति विरोध जनाउँदै निर्वाचन कार्यालय अगाडि दिनभर धर्ना दिएका छन् । 

उजुरी हालेको रहस्य यस्तो छ । 
म टोपनारायण पौडेल । स्वतन्त्र उम्मेदवार । रुपन्देही क्षेत्र न–२ । मैले अस्ती एउटो उजुरी दिएको थिए । कमल भुसाल, स्वतन्त्र उम्मेदवार कमल भुसालको बारेमा म घर बाट गए, ४ मिनेट बाँकी थियो । त्यतीखेर मैले चाँही साथीहरुले भन्नुभयो लौ यहाँ नेर सही गर्नुस् भन्नुभयो । सही गरे, त्यसपछि के यो कुरा ? सही गर्या कुरो के हो भन्ने कुरा गरे । चुनाव चिन्हबारे होला भन्ने बुझे, कमल भुसाल भन्ने व्यक्ति तपाई जस्तै स्वतन्त्र सामान्य व्यक्ति हुन् ।उहाँको विरुद्धमा पहिले पनि उजुरी परिसक्या छ । तै पनि तपाईले पनि हाल्दिनु प-यो, भन्ने कुराले मैले हालेको हुँँ  । र कमल भुसाल डा.निकोलस हो भन्ने थाहाँ पाएको भए मैले त्यतीखेरै थुतिदिन्थ्ये, मैले कमल भुसाल होला भनेर हालेको हुँ । उहाँको निकोलस उपनाम रहेछ, मलाई त्यो थाहाँ भएन, मलाई कसैको क्यारिअर खराब गर्नु छैन । र मैले चाँही निकोलस हुन भन्ने भएन कमल भुसाल हुन भन्ने भएर त्यही भएर म भन्दा अगाडि कमल विकले हालिसक्या रैछन्, मलाई झुक्काए, झुक्याईयो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ