arrow

देशवासीका नाममा सम्बोधन : गरिबका लागि काम गर्न नसकेकै दिन राजनीति समाप्त हुनेछ

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
dahal--g-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकार गरिबहरुकै लागि बनेकाले उनीहरुका लागि काम नगरेकै दिन राजनीति सकिने बताएका छन् ।
 
व्यवस्थापिका संसद बैठकमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफुहरु गरिब विपन्नकै लागि राजनीतिमा आएकाले गरिबका लागि केही गर्न नसकिए सोही दिनबाट राजनीति सकिने बताएका हुन् । 
 
दाहालले भने, ‘त्यतिकै मैले प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्को पहिलो बैठक बाटै गरिबका लागि सरकार कार्यक्रम घोषणा गरेको होइन । केही गर्नकै लागि गरिएको हो ।’ गरिबका लागि सरकार अभियानलाई प्राथमिकता दिइने छ । 
 
प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनका लागि ३ पुस्ताले लडाईमै जीवन उत्सर्ग गरिसकेको भन्दै अब त्यो लडाइ लगभग सकिएको सुनाए । दाहालले भने, ‘अब हामीले लडाई गर्नु पर्दैन समृद्धिमा लाग्नु पर्दछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ