arrow

संविधान-लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन गृहमन्त्री खाँणको जोड

logo
नारायण वली,
प्रकाशित २०७९ असोज २९ शनिबार
received_1366592384159496.jpeg

रुपन्देही । संविधान र लोकतन्त्रको रक्षाको लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनलाई जिताउन आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले जोड दिएका छन् ।

कांग्रेसको तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र न-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवा पार्टी प्रवेश आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा गृहमन्त्री खाँणले विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई नेपाली कांंग्रेसमा प्रवेश गराएका थिए । खाँणले बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका  एकसय भन्दा बढी युवाहरुलाई नेपाली कांंग्रेसमा  प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कांंग्रेस पार्टीमा सबैलाई मिलाएर लैजाने भएकाले भेदभावरहित व्यवहार गर्ने बताए । साथै उनले आगामी निर्वाचन सम्म गठबन्धन कायम रहने बताउँदै गठबन्धनलाई भोट दिएर सहयोग आग्रह गर्दै मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जिताएमा पुनः सरकार निर्माण गरेर मुलुकमा स्थायित्व र समृद्धि ल्याउनेमा जोड दिए । 

कांंग्रेसले समावेशी ढङ्गले केन्द्रदेखि वडा तह सम्मका विभिन्न समितिहरुमा महिला, मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिमलगायत सबैलाई सहभागितामा जोड दिँदै जनाइएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांंग्रेस संसदीय दल लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्री, क्षेत्रिय सभापति सुशील गुरुङ, नगर सभापति कोशिषबहादुर खड्कालगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ