arrow

प्रधानमन्त्रीद्वारा वाङ्मय शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जली अर्पण (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
IMG_2572-16-10-22-02-02.JPG

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए ।

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

उनको पार्थिक शरीर त्यहाँ अपराह्न ४ बजेसम्म राखिनेछ । उनलाई राज्यकातर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

IMG_2572-16-10-22-02-02.JPG
IMG_2563-16-10-22-02-02.JPG
IMG_2564-16-10-22-02-02.JPG
IMG_2565-16-10-22-02-02.JPG
IMG_2566-16-10-22-02-02.JPG
IMG_2568-16-10-22-02-02.JPG
IMG_2569-16-10-22-02-02.JPG
IMG_2570-16-10-22-02-02.JPG
IMG_2571-16-10-22-02-02.JPG
IMG_2573-16-10-22-02-02.JPG
IMG_2574-16-10-22-02-02.JPG
IMG_2575-16-10-22-02-02.JPG
IMG_2576-16-10-22-02-02.JPG
IMG_2577-16-10-22-02-02.JPG
IMG_2578-16-10-22-02-02.JPG
IMG_2579-16-10-22-02-02.JPG
IMG_2580-16-10-22-02-02.JPG
IMG_2581-16-10-22-02-02.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ