arrow

सुजुकीको 'भिटारा ब्रेजा' नेपालमा लोकप्रिय हुदै, २० दिनमा ७ सय बढी बुकिङ

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
suzuki-vitara-brezza.jpeg
काठमाडौं। स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा नेपालमा  लोकप्रिय कार मध्य एकका रुपमा स्थापित भएको छ। सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरिएको २० दिन भित्रमा ७ सय बढी ओटा बुकिङ भएको कम्पनीले जनाएको छ। 
 
भदौ १४ गते काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजित नाडा अटो शो मार्फत सीजी नेक्स्ट जेनले उक्त कार नेपाली बजारमा सार्वजनिक गरेको हो। नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिण्ट उपलब्ध गराएको थियो। भिटारा ब्रेजाको शुरुवाती मुल्य  ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता हो। कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएको छ। 
 
कारका विशेषता
कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ। डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ।
 
गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ। यी लगायत अन्य आकर्षक डिजाइन फिचर्सले कारलाई पृथक तथा आकर्षक लुक प्रदान गर्न उल्लेख्य सहयोग गरेको छ। 
 
कारमा आन्तरिक सजावतका लागि पीयानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ। यात्रामा आरामदायी अनुभवका लागि कारमा सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीको भनाइ छ। कारमा चालक तथा यात्रुको सुरक्षार्थ पनि विशेष ध्यान दिइएको छ। यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ। साथै, एयर ब्याग, एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटर सहित उपलब्ध छ। 
 
कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत फिचर्सहरु रहेका छन्। कारमा कि–लेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ