arrow

पहिलेका मित्र, अहिले विचित्र

रुपन्देहीका शीर्ष नेताहरु दुई धारमा, चुनावी मैदान रोचक

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
Bishnu-Raju-GhanSyham-Chhabi lal-7.jpg

रुपन्देही । चुनावका बेला नाम कमाउने जिल्ला हो रुपन्देही । यही जिल्लाबाट प्रतिनिधित्व गरेर सांसद बनेका नेताहरु सरकारको प्रमुख पदसम्म पुगिसकेका छन् । यतिमात्रै होइन, देशकै सबैभन्दा बढी नेकपा एमालेको बाहुल्यता भएको जिल्ला रुपन्देहीको बुटवलबाट लगातार रुपमा विजयी बन्दै आएका विष्णुप्रसाद पौडेलको क्षेत्र नं २ ले हरेक चुनावका वेला चर्चा बटुलेको हुन्छ । 

तर यसपालिको रुपन्देहीको चुनावमा भने हिजो एउटै पार्टीका मित्रहरु अहिले छुट्टाछुट्टै पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । लामो समयसम्म सारथीको रुपमा एउटै पार्टीमा काम गरेका नेताहरु आगामी मंसिर ४ गते हुन गइरहेको चुनावमा प्रतिष्पर्धीको रुपमा होमिएपछि रुपन्देहीको निर्वाचन थप रोचक बन्ने भएको हो । उनीहरु नेकपा एमालेका प्रभावशाली नेता मानिन्छन् । 

राजनीतिक यात्रामा स्थायित्व मित्र र शत्रु कोही पनि हुँदैन भन्ने भनाइलाई चिर्दै नेताहरु फरक दलबाट चुनावी प्रतिष्पर्धी बन्ने भएका हुन् । रुपन्देही क्षेत्र नं १ मा एमाले पार्टीका पूर्वसहकर्मीद्धय घनश्याम भुषाल र छविलाल विश्वकर्मा भिड्ने भएका छन् ।

विश्वकर्मा एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज हुन् भने भुषाल नेकपा एमालेका उपमहासचिव तथा १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपछि स्थायी कमिटी सदस्य भएका थिए । पछिल्लो समय उनले एमाले परित्याग गरी स्वतन्त्र चुनावी जोडमा लागेका छन् । 

रुपन्देही क्षेत्र नं १ को क्षेत्रीय कमिटीले गत भदौ १९ गते दुवै जनाको नामलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गरेको भए पनि प्रदेश कमिटीले भुषालको नाम हटाएर विश्वकर्माको नाम मात्रै एकल रुपमा केन्द्रमा पठाएको थियो ।

माक्र्सवादी अध्येयताकाे परिचय बनाएका नेता भुषाल रुपन्देही क्षेत्र नं ३ बाट सिफारिस भएका थिए । तर उक्त क्षेत्रमा पनि एमालेले भुषाललाई लत्याउँदै राप्रपाको उम्मेदवार चुनेपछि मनोनयन दर्ता गर्ने एकदिन अगाडि पार्टी परित्याग गर्दै सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए । 

०७४ सालको निर्वाचनमा भुषालले रुपन्देही क्षेत्र नं ३ मा राप्रपाका दीपक बोहरालाई पराजित गरेका थिए । विश्वकर्मा सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन् । रुपन्देही क्षेत्र नं १ मा एमाले बलियो अवस्थामा रहेको मानिन्छ । सोही क्षेत्रबाट नेकपा विभाजनपछि तत्कालीन माओवादी केन्द्रमा नगएर दधिराम न्यौपाने एमालेमै बसे ।

विश्वकर्माको बलियो आधारमा नेता न्यौपाने मात्रै होइन राप्रपासँगको गठबन्धन पनि मानिएको छ । यता स्वतन्त्र उम्मेदवार भुषाल भने आफ्नो व्यक्तिगत मत र गठबन्धनको भरमा चुनावी मैदानमा छन् । गठबन्धनबाट नेपाली कांग्रेस भुसालको बलियो भर मानिन्छ । माओवादी दोस्रो र एकीकृत समाजवादी तेस्रो खम्बा हुन् । 

रुपन्देही क्षेत्र नं २ मा एमालेका उपाध्यक्ष तथा बुटवलका चर्चित नेता विष्णुप्रसाद पौडेलको प्रतिष्पर्धामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङ्गबीच चुनावी मैदान तातिने भएको छ । तर बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन कार्यालय बुटवलका निर्वाचन अधिकृत उदबिर नेपालीले गुरुङ्गको उम्मेदवारी खारेज गरिदिएपछि आफू अन्यायमा परेको भन्दै सर्वाेच्च अदालत पुगेका गुरुङ्गको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएपछि प्रतिष्पर्धाको होडमा नेता कार्यकर्ताहरु मैदान क्लिएर गर्न होमिदै छन् ।

यसअघि नेता पौडेलको चुनावी मैदानमा युवा कमाण्डरको रुपमा नेतृत्व गर्ने राजु गुरुङ्ग यसपालि भने प्रतिष्पर्धीको रुपमा भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ