arrow

केपी ओलीलाई ज्वरो, सबै कार्यक्रम स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
kp-sharma-oli-new-2078-12-09.jpg
तस्बिर – फाइल ।

दमक । आज दिउँसो गृहजिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन् । 

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए । तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् । 

अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ