arrow

'सुबिसु क्यान कमटेक २०१६' आजबाट भृकुटीमण्डपमा

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
caan.jpeg
काठमाडौँ। राजधानीको भृकुटीमण्डपमा “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मेला सुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा सुरु भएको प्रदर्शनीको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गरे । 
 
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताए । 
 
मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए । कार्कीले सञ्चारका क्षेत्रमा भएका विकास र प्रगतिले सबै क्षेत्रलाई सहज बनाएको बताउँदै सामाजिक सञ्जालका माध्यमलाई गलत ढङ्गले प्रयोग गर्दा अपराधसमेत बढेकामा चिन्ता व्यक्त गरे । 
कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकालले सूचना तथा संचार प्रविधिको विकास ग्रामीण भेगसम्म विस्तार नभएसम्म क्यान महासंघले बोकेको इ–नेपालको परिकल्पना साकार नह्ने वताए । सरकार प्रतिवद्ध भएर काम गर्ने हो भने इ–नेपाल बनाउन गाह्रो नहुने वताउदै  ढकालले भने– “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी इ–नेपालका बनाउन सक्छौं ।” विश्वका ठूला देशहरुमा सूचना तथा संचार प्रविधि पहिलो प्राथमिकतामा परेको वतादै अध्यक्ष ढकालले नेपालले पनि उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यसका लागि क्यान महासंघ हातेमालो गर्न तयार रहेको वताए ।
 
यही भदौ २६ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सञ्चालन हुने सो प्रदर्शनीमा सूचना तथा प्रविधिमा भएका नयाँ उत्पादन तथा टेलिभिजन, कम्प्युटर, विद्युतीय सामग्रीलगायत ८० वटा कक्ष राखिएको छ । दर्शकले विभिन्न उत्पादनको जानकारी लिनुका साथै आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ