arrow

चुनावी प्रचारको नयाँ स्वरुपः मत माग्न डिजिटल माध्यमको प्रयोग

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
vote 1.jpg

रुपन्देही । एकै चरणमा गर्न लागिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन आजदेखि ठीक एक महिना रहेको  मंसिर ४ गते जनताले आफ्ना जनप्रतिनिधि छान्ने दिन । अर्थात् भोट हाल्ने दिन।  जसका लागि निर्वाचन आयोगले निर्वाचन सम्बन्धि आचारसंहितासमेत जारी गरिसकेको छ । आयोगले संहिता जारी गर्दै ठूला आमसभा, प्रचार पोष्टर झुण्ड्याउने र तडकभडक जस्ता कार्य गर्न रोक लगाएपछि दलका नेता कार्यकर्ताहरुले चुनावी प्रचारप्रसार गर्न सामाजिक सञ्जाल प्रयोग गरेको पाइएको छ । उनीहरुले फेसबुक, टिकटक लगायत सञ्जाल प्रयोग गर्दै आएको पाइएको हो । 

यसअघि प्रत्येक्ष भेटघाटलाई निकै महत्वका साथ चुनावी प्रचारप्रसारलाई विशेष ध्यान दिने गरेका उम्मेदवारहरुले अहिले भने डिजिटल माध्यम सामाजिक सञ्जालमा प्रचारप्रसारलाई प्रमुखता साथ अंगाल्दै आएका छन् ।      जसले गर्दा प्रत्येक्ष भेटघाट भन्दा उक्त (डिजिटल माध्यम) उनीहरुका लागि जनतालाई आकर्षित गर्न सहज बनेको छ । उम्मेदवारहरुले प्रत्येक सामाजिक सञ्जाल फेसबुक चलाउनेहरुको म्यासेन्जर, फेसबुक पर्दा र कार्यकर्ताहरुले उम्मेदवारसंग जोडेर बनाउने फोटो फ्रेमसंगै नारा, एवम् आकर्षण खालका स्टाटस लेखेर प्रचारलाई तिव्रता दिँदा निर्वाचन आयोगले जारी गरेको संहिताले उक्त कार्यलाई नियमन गर्नका लागि कुनै ध्यान नदिइएको पाइएको छ । 

औपचारिक घरदैलो र कार्यक्रमलाई मात्रै निगरानी राखेको निर्वाचन आयोगले सामाजिक सञ्जालको माध्यमबाट भैरहेको लोभ्याउने खालका तिव्र प्रचारलाई नियमन गर्न भने ध्यान नदिएको गुनासो केही जानकारहरुले गरेका छन् । उम्मेदवारहरु सामाजिक सञ्जालमा बढी केन्द्रित रहेको र त्यसबाहेक प्रचारप्रसार कार्यालय स्थापना गरेर भेटघाटलाई समय दिने गरेका छन् । लुम्बिनी प्रदेशका उम्मेदवारहरुका नेता कार्यकर्ताहरुले प्रचारको नयाँ स्वरुप फेसबुक, टिकटक र ट्वीटर जस्ता सञ्जाललाई औधि प्रयोग गर्दै आएका छन् । ‘फेसबुक पेज’ लाई प्रचारका निम्ति बुस्ट गर्ने कार्य उत्कर्षमा पुगेको छ । उम्मेदवारहरु अहिले शहरमा सामाजिक सञ्जाल र गाउँघरमा भेटघाटलाई निरन्तरता दिइरहेका छन् । 

पहिलेका चुनावहरुमा प्रचारप्रसार गर्दा ‘भित्ते लेखन, ब्यानर, पोस्टर, ‘कुनै अमुक पार्टीको चुनाव चिह्न छापिएका टिसर्ट, टोपी बनाएर लगाउने चलन थियो । तर अहिले डिजिटल माध्यम सबैजसोले चलाउने भएकाले चर्चित एवम् प्रभावकारी देखिएकाले यसको प्रयोग गरिएको बिभिन्न दलका नेता कार्यकर्ताहरुले चलाउने गरेको बताएका छन् । 

तर, यता सामाजिक सञ्जाल प्रयोग गरेर प्रचार गरेवापत निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने स्पष्ट व्यवस्था गरेको छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद तथा दुवै सजाय हुनेछ भन्ने व्यवस्था उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ