arrow

उद्यामशील युवाको रोजाई : भारतको मासिक ५० हजार भन्दा नेपालको गाईपालन प्यारो

logo
सुरज रायमाझी,
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
gai-palan.jpeg
अर्घाखाँची । पछिल्लो समय बेरोजगारीका कारण बैदेशिक रोजगारीको शिलशीलामा  विदेश पलायन हुने युवाहरुको जमात बढदै जादाँ विदेशिनुको पीडा भोगेर स्वदेश फिर्ता भएका युवाहरु क्रमशः स्वदेशमै आफ्नो पेशा व्यवसाय संचालन गरी मनग्य आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरणका पात्र बनेका छन् । 
 
विदेशको दुःख पीडा खाई स्वदेशमा आई आफनो व्यवसायबाट राम्रो आम्दानी गर्ने उदाहरणीय किसान हुन् अर्घाखाँची सन्धिखर्क नगरपालिका १२ अर्घाका विष्णु प्रसाद आचार्य । वर्षाैसम्म भारतीय भूमिमा पसिना बगाएका उनी अहिले भने आफ्नै भूमिमा पसिना बगाउन थालेका छन् । 
 
१३ वर्ष भारतमा विताएका उनले भने “भारतको साईवावा मन्दिरमा काम गर्थेँ महिनाको ५० हजार कमाउँथे तर अर्काको देशमा जति कमाई गरे पनि सन्तुष्टि मिलेन त्यसैले त्यो काम छाडेर स्वदेशमै आएर आफनै व्यवसाय गर्न थालेको छु ।”
 
भारत दिल्लीको साईवावा मन्दिरमा पुजारीको काम छाडेर स्वदेशमै गाईपालन फर्म संचालन गरेका आचार्यले दूध विक्रि गरि मासिक ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गर्ने गर्दछन् । 
 
सदरमुकाम सन्धिखर्क उल्वाङ फाटमा जग्गा भाडामा लिएर फर्म संचालन गरेका उनको फर्ममा अहिले १० वटा गाई रहेका छन् । ६ वटा गाईले नियमित रुपमा दूध दिइरहेका छन । दैनिक ५० देखि ६० लिटर सम्म दूध विक्री हुनछ “उनले भने आफ्नै गाउँ–ठाउँमा व्यवसाय गरी आर्थिक उपार्जन गर्न पाएकोमा निकै खुसी छु ।” पानी नमिसाई फर्मबाटै दूध विक्री गर्ने हुदाँ उनको फर्ममा दूध किन्नेको भीड नै लाग्ने गरेको छ । २०७१ साल मंसिर वाट फर्म खोलि गाई पालन गर्न थालेका आचार्य अब छिट्टै भँैसी पनि पाल्ने सोचमा छन् ।
 
भैँसीको दूधको माग निकै बढेकोले ४ वटा भैँसी पनि पाल्ने तयारीमा रहेको उनले वताए । हाल उनको फर्ममा काम गर्ने मान्छे नभए पनि भँैसी पाल्ने भएपछि भने २ जनासम्मलाई रोजगारी दिन सकिने उनले जानकारी दिए । १० लाख रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका उनले यसबाट कमाई भएको पैसा पनि फर्ममै लगानी गर्ने गरेका छन । 
 
आचार्यले भने “नमुना फर्म बनाउने योजनामा छु, राम्रो काम गरेर देखाएर अरु युवाहरुलाई पनि कृषि पेशामा आकर्षित गर्ने मेरो सोच छ ।” गाईलाई खुवाउँने पौष्टिक खाना र घाँसको लागि उनले आफै घाँस लगाएका छन दाना भने उनले किन्ने गरेका छन । 
 
देशको प्रमुख पेशा कृषिलाई व्यवस्थित रुपमा, व्यवसायिक तरिकाले अपनाउन सकने हो भने रोजगारीको अवसरका लागि विदेश पलायन हुनु भन्दा आफनै देशमा विकासको मेरुदणड कृषि पेशा बाट मनग्य आम्दानी गर्न सकिने गतिलो उदाहरणको पात्र बन्न सकिने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ