arrow

देशलाई संकटबाट जोगाउन गठबन्धन जित्न आवश्यक छ– प्रधानमन्त्री देउवा  

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
gathabandhan-deuba-prachanda-madhav.jpg

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट सबैभन्दा बढी सिट गठबन्धनले जित्नका लागि सफलता मिल्ने अपेक्षा राखेको बताएका छन् । आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बताएका हुन् । 

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । सम्बोधनका कममा  देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए। देश चुनावपछि कता जाने ? भन्ने मोडमा रहेकाले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनले बताए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन् । उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुदैन ।’ गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए । 

यस्तै सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ