रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
1.6k
Shares
काठमाडौं । तिहार नेपालको दोस्रो ठूलो महान् चाड हो । यो चाडमा विशेष गरी विभिन्न थरीका रोटी पकाइन्छ । यही अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ ।
मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ । ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।