arrow

शर्माले राखे विश्व रेकर्ड, ओलीले सोधे- यो कसरी सम्भव छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
kp-oli-uml.PNG

काठमाडौं । अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । 

विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आए लगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो । 

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । 

‘मेमोरी किङ’को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको उक्त विश्व कीर्तिमान कायम गरेका हुन् । उनले भने, “ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो ।” 

उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए । भेटमा पूर्व प्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्न गरेका थिए । 

उनले भने, “मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताए, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो ।”

उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसुस भएको र आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ