स्याङ्जा। नेपाली जनताको लामो संघर्ष र बलिदानी पछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएकोले अवको आन्दोलन मुलुकलाई आर्थिक समृद्धि बनाउनु पर्ने नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बावुराम भट्टराईले बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल स्याङ्जा द्धारा आयोजना गरिएको समृद्ध नेपालका लागि आर्थिक बिषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै संयोजक डाक्टर भट्टराईले सो कुरा बताएका हुन् । लोकतन्त्र प्राप्त भइसकेकोले राष्ट्रियता र लोकतन्त्रको जगमा टेकेर मुलुकलाई आर्थिक समृद्ध गर्ने बेला आएको संयोजक भट्टराईको भनाई थियो । मुलुकका सबै राजनीतिकदलहरु आर्थिक समृद्धिको विकास कसरी गर्ने भन्ने एक मात्र एजेण्डा बनाउनु पर्ने धारणा राख्दै संयोजक भट्टराईले कुनै पनि राजनीतिकदलले आर्थिक समृद्धिको एजेण्डा बनाउदैन भने राजनीति विक्रि हुने अवस्था सकिने बताए ।
नेपाली जनताले आफ्नो संविधान आफै बनाउने सपना पुरा भएको भन्दै पुर्व प्रधानमन्त्री समेत भएका भट्टराईले संविधानले सबै नेपालीलाई बराबरी अधिकार दिएको बताए । सबै जनता एकताबद्ध भएर आर्थिक विकास समृद्धिको निम्ति शक्ति केन्द्रित हुनेपर्ने बेला आएको डाक्टर भट्टराईको भनाई थियो ।
मुलुकमा अझै पनि सम्मानजनक रुपले जिउने मान्छेको जनसंख्या आधार रहेको भन्दै न्युनतम भएपनि पोषणयुक्त खाना, शिक्षा र स्वास्थ्यको पहुँचबाट जनता टाढा हुनु दुखद पक्ष रहेको बताए। सबै जनतालाई सम्मानजनक जिउने अधिकार अवको पालो भन्ने मुख्य एजेण्डा बोकेर नयाँ शक्ति पार्टी नेपालले देशभरै जनताको रायसुझाव संकलन गरेको भट्टराईले दावी गरे। निरपेक्ष गरीवी, स्वदेशमै राजगारी, परनिर्भरताको अन्त्य नभए सम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै भट्टराईले गाँउ र शहरको असमानता हटाउनु जरुरी रहेको बताए। अन्र्तरक्रियामा नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नम्वर ४ की संयोजक लिलावती पौडेलले मान्छे मान्छे विचको असमानता नहटे सम्म आर्थिक समृद्धि बनाउन कठिन हुने बताईन् । सबै नागरिकहरु सगँको छलफलबाट नयाँ शक्ति नेपाल पार्टीले आर्थिक समृद्धिको खाका तयार पार्ने पौडेलको भनाई थियो।
मुलुकको अस्थिर राजनीतिले आर्थिक विकासमा समृद्ध बनाउन कठिन भएको अन्तरक्रियामा सहभागीहरुले बताएका थिए। अस्थिर राजनीतिबाट स्थिर राजनीतिमा परिवर्तन नभएसम्म जस्तो सुकै एजेण्डा ल्याएपनि आर्थिक विकासमा फड्को मार्न शंका हुने सहभागीहरुले भट्टराईलाई सुझाएका थिए।