कपिलवस्तु। नेपाली काँग्रेसको भातु संस्था नेपाल तरुण दलको अधिवेशनको लागी मिति तय भएको छ। निर्वाचन गर्न वाकीं रहेका क्षेत्र र जिल्ला अधिवेशन गर्नको लागि मिति तय भएको छ। तौलिहवामा तरुण दल, नेपाली काँग्रेस पार्टी र निर्वाचन समितिको बैठक बसेर मिति तय भएको हो। भाद्र २७ गते क्षेत्रिय अधिवेशन र ३० गते जिल्ला अधिवेशन गर्ने मिति तय भएको नेपाली नेपाली काँग्रेसका जिल्ला सदस्य एवं तरुण दल समन्यव समितिका ललित गुरुङले बताए।
यही भाद्र २६ गते सम्म क्षेत्रिय समितिबाट मतदाता नामावली तयार गरी जिल्लामा पेश गर्ने २७ गते वाकीं रहेका ४ वटा क्षेत्रमा निर्वाचन गर्ने र ३० गते तौलिहवामा जिल्ला अधिवशन गर्ने निर्णय गरी पत्रचार समेत गरेको छ। जिल्लामा निर्वाचन क्षेत्र नं ४ मा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै क्षेत्र नं १ मा क्षेत्रिय सभापतिमा तिलक थापा र कृष्ण चौधरीको मत बरावर भएको कारण पुन निर्वाचन हुने छ। क्षेत्र नं ४ मा सर्व सम्मत वाट क्षत्रिय सभापतिमा चोपलाल पौडेल निर्वाचित भएका छन।
ललित गुरुगको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली काँग्रेसका कार्यवाहक पार्टी सभापति अब्दुल कलाम खां, पुर्व पार्टी सभापति राजेश आर्चाय, पुर्व जिल्ला उप सभापति राजु अर्याल, पार्टी सचिव महेन्द्र कुमार यादव, कोषाध्यक्ष शोहरत तेली, क्षेत्र नं १ का सभापति केशव कुमार श्रेष्ठ, क्षेत्र नं २ का सभापति अब्दुल मन्नान खां, क्षेत्र नं ३ का सभापति ग्रिजेश पाण्डेय, क्षेत्र नं ४ का सभापति राजेश्वर सिंह, क्षेत्र नं ५ का सभापति अकेल मिया तरण दल संयोजक विश्वराज रेग्मी, राजेन्द्र पौडेल लगायतको उपस्थितीमा वैठकले मिति तय भएको क्षेत्र नं २ का सचिव देवेन्द्र कुमार पाण्डेले जानकारी दिए।