arrow

छठ पूजामा छुरा प्रहार गरी चौध वर्षे किशोरको हत्या 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
youth-killed-2079-07-13.jpg

मोरङ । मोरङको उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वमा छुरा प्रहारबाट एक १४ वर्षीय किशोरको मृत्यु भएको छ । झापाको दमक नगरपालिका – १० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको छुरा प्रहारबाट आइतबार साँझ मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भई बेहोस् बनेर लडिरहेका श्रेष्ठलाई उनका एक जना साथीले उद्दार गरी उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना  गरेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए । 

प्रहरीका अनुसार पूजा समारोहमा झैँझगडा परेको कुनै पनि जानकारी प्रहरीलाई नआएका कारण छुरा प्रहारमा संलग्नहरुको पहिचान हुन नसकेको बताए । हाल हत्यामा संलग्नहरुको खोजी भइरहेको थापाले बताए ।

छुरा प्रहारबाट गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि गोदाबरी हस्पिटलमा भर्ना गरिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि  झापाको बीएण्डसी हस्पिटलमा लगिएको थियो । 

उनको उपचारका क्रममा मृत्यु भएको मृतकका बुबा धनबहादुर श्रेष्ठले बताए । ‘छोरालाई छुरा प्रहार गरिएको रहेछ, गोदाबरी हस्पिटल उर्लाबारीबाट फोन आएपछि थाहा पायौँ । त्यहाँ पुगेर हेर्दा रगताम्य थियो’, मृतकका बुवा श्रेष्ठले भने । 

मृतकको शव हाल हस्पिटलबाट उर्लाबारी ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ