arrow

गुजरात घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
sher-bahadur-deuba-grief.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन् । ‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु । पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । हाम्रो साथ शोक सन्तप्त परिवारसँग छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

आइतबार मोरबीमा मच्छु नदीमा रहेको पुल भत्किदा १४१ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ