arrow

रिवन काट्दिन भन्ने प्रधानमन्त्रीलाई गणितज्ञले अतिथि बन्न निम्तो दिए

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
ganitagye-ko-nimto.jpeg
काठमाडौं । गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
 
शनिबार बिहान प्राध्यापक राममान श्रेष्ठको नेतृत्वको टोलीले देशभरीका गणितिज्ञहरुलाई अभिनन्दन गर्ने कार्यक्रममा आतिथ्यता ग्रहण गरी दिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । 
 
टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधिहरु सहभागि थिए । गणित शिक्षामा ५० वर्ष अनवरत् सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गर्ने संस्थाको योजना रहेको टोलीले जानकारी गराएको थियो ।
 
भेटमा प्रधानमन्त्रीले विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्ने बताए । प्रधानमन्त्रीले भने, ‘विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्छ । गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्छ ।’ सो अवसरमा प्रधानमन्त्रीले असोज १३ गते गणितिज्ञहरुलाई सम्मान गर्ने कार्यक्रममा आफू सहभागि हुने जानकारी समेत गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ