arrow

तीन दिने भारत भ्रमणमा परराष्ट्रमन्त्री महत क–कस्लाई भेट्दै छन्, खास के गर्लान् ?

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
prakash-sharan-mahat.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका वातावरण मिलाउन परराष्ट्रमन्त्री प्रकाशशरण महत आइतबार भारत जाँदै छन् । 
 
महन्त्री मतको ३ दिने भारत भ्रमण पूर्णरुपमा प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण मिलाउनमै केन्द्रीत हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए । पौड्यालका अनुसार अन्य राजनीतिक र कुटनीतिक भेटघाट समेत छ । 
 
मंगलबारसम्म हुने भ्रमणका क्रममा महतले प्रधानमन्त्री दाहालको भ्रमण एजेण्डाबारे तयारी भइरहेकैबेला महतले केही महत्वपूर्ण एजेण्डाहरुलाई कसरी अघि बढाउने भन्ने यकिन गर्न समेत भ्रमण गर्न लागेका हुन् । 
 
प्रधानमन्त्री दाहालले आफुले भारत भ्रमणका क्रममा महत्वपूर्ण कुनै सम्झौता नगर्ने बताएपनि द्विपक्षीय हितका विषयमा केही साझा एजेण्डाहरुबारे छलफल गर्न आवश्यक रहेको बताउँदै आएका छन् । यस्तै, प्रधानमन्त्री दाहालले भ्रमणमा जानु पहिले विज्ञहरुसंग छलफल गरेर जाने बताएका छन् । 
 
प्रधानमन्त्रीको भारत भ्रमण अघि राजदूत नियुक्त गर्ने बताइएपनि त्यसो हुन नसकेपछि वातावरण मिलाउन परराष्ट्रमन्त्री महत आफै जान लागेका हुन् । 
 
परराष्ट्रमन्त्री महतले भ्रमणको क्रममा भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गर्ने कार्यक्रम तय भएको छ । महतले सोमबार मध्यान्ह भेटघाट गर्ने कार्यक्रम छ । महतले ऊर्जालगायत अन्य क्षेत्रका एजेण्डाहरुलाई टुंगो लगाउन अन्य मन्त्रीहरुसँग समेत छलफल गर्ने कार्यक्रम छ ।  
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटका लागि पहल भइरहेपनि यकिन नभएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । 
 
परराष्ट्रमन्त्री महतले मुख्यतः दाहालको भ्रमणका क्रममा राख्ने एजेण्डा र  भ्रमणपछि जारी गरिने संयुक्त वक्तव्यमा राख्ने विषयलाई अन्तिम रुप दिनेछन् । यसअघि, तत्कालिन प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा संयुक्त वक्तव्य जारी हुन सकेको थिएन ।  
प्रधानमन्त्रीको भारत भ्रमणका मुख्य एजेण्डामा बहुचर्चित पञ्चेश्वर आयोजनाको संयुक्त डीपीआरलाई अन्तिम रुप दिने विषय छ । यसमा विशेषगरी परियोजनाको मूल्यलाई कसरी टुंगो लगाउने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । 
 
अर्को महत्वपूर्ण एजेण्डा हुलाकी राजमार्ज निर्माण रहेको छ । जहाँ भारतले अति नै चासो राखेको छ । भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले समेत सरकारले हुलाकी मार्गलाई प्राथमिकतामा राखेको बताइसकेका छन् । यस्तै, प्रधानमन्त्री दाहालले समेत हुलाकी राजमार्गलाई तत्काल अघि बढाउने प्रयत्न गरिरहेका छन् । हुलाकी मार्गमा मुख्य परामर्शदाता नियुक्त गर्ने र फन्डिङ ग्यापको विषय अल्झिरहेको छ । 
 
आइतबार अपरान्हपछि भारत उड्ने महत साँझ दल्ली पुग्ने कार्यक्रम छ । महतले भूकम्प पीडितको लागि भारतले उपलब्ध गराउने रकम अनुसारको विस्तृत कार्यक्रमहरुको रुपरेखालाई सेत अन्तिम रुप दिनेछन् ।  
 
यसअघि, दाता सम्मेलन र पूर्व प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा पुनःनिर्माणका लागि दिने भनेको अनुदानको विस्तृत खाकाबारे पनि परराष्ट्रमन्त्री महतले विशेष चाँजोपाँजो मिलाउने बताइएको छ । प्रधानमन्त्रीसंगको भ्रमणमा महत स्वयं जानेछन् भने, अर्थमन्त्री कृष्णबहादुर महरा समेत जाने तय भएको छ ।  
 
भ्रमणको अर्को सम्भावित एजेण्डा  क्रस बोर्डर रेलवेलाई अन्तिमरुप दिने समेत छ । यस्तै, संचार प्रविधिका सन्दर्भमा रेडियो नेपाल र अलइन्डिया रेडियोबीचको समझदारीपत्रमा प्रधानमन्त्रीको भ्रमणको समयमा हस्ताक्षर हुने सम्भावना छ । यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै दुवै देशका सरकारी टेलिभिजन भू–उपग्रहको साझेदारीको समेत प्रतिवद्धता गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ