arrow

राजावादीले असोज ३ गते रत्नपार्कमा नयाँ संविधान जलाउने

अब राजावादीले हतियार उठाउने

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
rajabadi-thert.jpeg
काठमाडौं । राजावादी शाही यूवा शक्ति नेपालले असोज ३ गते रत्नपार्कमा संघीय संविधान जलाउने चेतावनी दिएको छ । 
 
शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर शाही यूवा शक्ति नेपालले राजासहितको हिन्दुराष्ट्र र हिन्दुराष्टसहितको राजसंस्थाको पुनःस्थापना नभएसम्म संविधान आफुहरूलाई मान्य नहुने भन्दै आउँदो असोज ३ गते रत्नपार्कमा हजाराँै कार्यकर्ता उतारेर संविधान जलाउने चेतावनी दिएको हो । 
 
कार्यक्रममा बोल्दै यूवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरीत केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि प्रहार गरेको आरोप लगाए । उनले भने, ‘हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिँदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट वञ्चित गरिन्छ भने अब हामी हतियार उठाउँछौ, शसक्त आन्दोलन गर्छौँ ।’ 
 
अर्को प्रसँगमा माक्र्स लेलिनको जन्मोत्सव मनाउँने तर यो देशको सीमा निर्धारण र देशको जन्मदाता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा एकता दिवस मनाउन लाज मान्ने हाम्रो कुन राष्ट्रियता हो ? भन्दै अध्यक्ष खड्काले प्रश्न गरे ।  
 
उनले हालै नेपालगञ्जमा स्वर्गीय राजा विरेन्द्रको शालिक हटाउने काम गरेकोप्रति घोर आपत्ति जनाउँदै भने,‘यो गणतान्त्रिक सरकारलाई राजा विरेन्द्रको शालिकले तर्साएको छ, परालको त्यान्द्रो जस्तो गणतन्त्र नेपालीहरुलाई अब स्वीकार्य छैन् ।’ हिजोको शासन र आजको शासन व्यवस्थाका बारेमा जनता जानकार रहेको बताउदै खड्काले ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने ठोकुवा गरे । 
 
आफ्नो संघ संघीय गणतान्त्रिक संविधान जारी भए यता विदेशीको भरमा लादिएको उक्त संविधानको खारेजीको लागि निरन्तर संघर्षमा होमिएको उल्लेख गर्दै अध्यक्ष खड्काले भने, ‘हामी निरन्तर खबरदारी गरिरहेका छौं, जनतालाई ढाँट्नको लागि र झुक्याउनको लागि विदेशीको इशारामा संविधान ल्याईएको हो, आज देशको यो हालत भएको छ, राजाविना यो मुलुकमा शान्ति, अमन–चयन र विकास हुनै सक्दैन् ।’
 
भूकम्पपीडितलाई वर्तमान सरकारले राहत तथा पुनःस्थापना गर्न नसकेको बताउँदै भने, ‘यी विदेशी खुुसघोरहरुलाई यो देशको माया नै छैन, आज राजा यो देशमा भएको भए सारा नेपालीहरुले सुखको सास फेर्ने थिए, भूकम्पपीडितको आज यो हालत हुँदैन्थ्यो, त्यसैले मुलुकको विकास र जनताको जिविका माथि उकास्नपनि राजतन्त्र अनिवार्य आवश्यकत्ता हो ।’ कार्यक्रममा संघका सदस्यहरु अर्जुन उपे्रती, पूर्ण छन्त्याल लगायतले आफ्ना धाराणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ