arrow

चुनावी आमसभा सम्बोधनका लागि दार्चुला पुगे एमाले अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
kp-sharma-oli-darchula.jpg

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार चुनावी आमसभाको सम्बोधनका लागि दार्चुला पुगेका छन् । एमालेले यसअघि नै कार्तिक १८ गते दार्चुला जिल्लाबाटै चुनावी आमसभाको सुरुवात गर्ने घोषणा गरेको थियो ।

खलंगा खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधनका लागि ओली धनगढीबाट हेलिकप्टरमार्फत दार्चुला पुगेका हुन् । 

मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने उद्धेश्यका साथ एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गरेको हो ।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ