arrow

गरिबी न्यूनिकरणको लागि २१ सहकारीमा करिब डेढ करोड लगानि

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ भदौ २५ शनिबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। रुकुमका विभिन्न ठाउँमा गरिबीलाई न्यूनिकरण गर्नको लागि सहकारीलाई सक्रिय बनाईने भएको छ । जिल्लाका विभिन्न १९ गाविस र एक नगरपालीकामा रहेका विभिन्न सहकारीलाई सक्रिय बनाईने भएको हो । सहकारीलाई सक्रिय बनाउको लागि जिल्ला विकास समिति रुकुम अन्तर्गत पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना (उपाप) रुकुमले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाका विभिन्न २१ सहकारीमा उपापले विभिन्न शीर्षकमा झण्डै डेढ करोड लगानि गर्न लागेको हो । इफाडको आर्थिक सहयोगमा सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत आर्थिक वर्ष २०६५/०६६ देखि रुकुममा उपापले काम गर्न सुरु गरेको थियो । 
 
उपापले १९ गाविसका एक/एक र सदरमुकाम मुसिकोट नगरपालीकाका २ वटा सहकारीमा विभिन्न चार वटा शीर्षकमा १ करोड १९ लाख २४ हजार ९ सय ४९ रुपैयाँ लगानि गरेको उपाप रुकुमका जिल्ला संयोजक भिम केसीले जानकारी दिए । गरिबी निवारणको लागि विपन्न वर्गसँग काम गर्न भनेर रुकुम आएको उपापले कार्यक्रमको अन्तिम चरणमा सहकारी संस्थाहरुमा आर्थिक सहयोग गरेको संयोजक केसीको भनाई रहेको छ । उपापले सञ्चालनको कार्यक्रममा समुदायका लक्षित वर्गको थप प्रगतिको लागि भनेर सहकारीमा आवद्ध बनाई सहकारीमा लगानि गरिएको उनले बताए ।  
 
समुदायका आफ्ना लक्षित वर्गको आर्थिक विकास गराउनको लागि सहकारीमा आवद्ध बनाएर शेयर खरिद गरिदिएको उपाप रुकुमका कार्यक्रम अनुगमण अधिकृत गोकर्ण खड्काले बताए । उपापले २१ वटा सहकारीमा शेयर खरिद गर्न नसक्ने २ हजार २ सय ६९ गरिब तथा विपन्नलाई परिवारलाई शेयर खरिद गरिदिएको छ । सहकारी मार्फत उनिहरुको अवस्था सुधार होस् भनेर विपन्नलाई सहकारीमा आबद्ध बनाउने योजना बनेको खड्काको भनाई रहेको छ । यसले गर्दा लक्षित बर्गको जीवन स्तरमा थप सुधार आउने उनको दावि रहेको छ । उपापले २२ सय ६९ गरिब र विपन्नका लागि ७६ लाख ८६ हजार एक सय रुपैयाँ बराबरको शेयर खरिद गरिएको छ । २१ सहकारी मध्य १२ वटा सहकारी दर्तामा पनि सहयोग गरेको थियो भने ९ सहकारी पहिले नै दर्ता भएका छनौट गरिएको थियो । 
 
यसका साथै उपापले सहकारीमा आवद्धहरुको क्षमता वृद्धि र कार्यालय व्यवस्थापनमा पनि सहयोग गरेको छ । २१ वटा सहकारीको कार्यालय व्यवस्थापनमा १९ लाख ९५ हजार, सहकारीमा आवद्धहरुको क्षमता विकासका लागि २० लाख ८३ हजार ८ सय ४९ रुपैयाँ र सहकारी दर्तामा एक लाख ६० हजार रुपैयाँमा लगानि गरेको संयोजक केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ