arrow

बाउली गाडमा पुल निर्माणपछि स्थानीय खुशी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ भदौ २५ शनिबार
bhajangsss.jpeg
बझाङ। गत साउनमा आएको बाढीले जिल्लाका ३७ गाबिस लाई सदरमुकामसंग जोड्ने बाउलीगाडको झोलुङ्गे पुल बगाएपछि सास्ती भोग्दै आएका स्थानियहरु  काठे पुल निर्माण भएपछि खुशि भएका छन् । पुल बगाएसंगै ५ मिनेटको यात्रामा झण्डै डेढ घण्टाको यात्रा गर्दै आएका स्थानिय बासीले बाहुलीगाडमा काठेपुल निर्माण भए पछि खुशी भएका हुन् । 
 
 जिल्लाका अधिकाशं गाबिस लगायत बाहिरका जिल्लाबाट आउने मानिसलाई चैनपुर आवत जावत गर्न  सास्ति भएको हुदै आएको थियो । बाउली गाड काठेपुल निर्माणका लागी उपभोक्ता समिती गठन गरि  काठेपुल निर्माण गरीएको उपभोक्त समितीका अध्यक्ष गणेश विकले बताए। विकले भने,'काठे पुलको वारी पारी तारजाली लगाई  पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । पुल स्थानियबासीको जनश्रमदान र जिल्ला विकास समितीको आर्थीक तथा प्राबिधिक सहयोगमा निर्माण भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ