चुनावको हवाला दिँदै निर्वाचन आयोगले समाचार हटाउन दियो सेतोपाटीलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
1k
Shares
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनको हवाला दिँदै नेकपा एमालेका नेता अग्नि खरेलसँग जोडिएको समाचार हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार खरेलका परिवारको सदस्यका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आयोगले निर्देशन दिएको छ ।
त्यसैगरी आयोगले समाचारका विषयमा स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटीले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार प्रकाशित गरेको थियो ।