arrow

डडेल्धुराको चुनावी सभा सकेर प्रधानमन्त्री देउवा धनगढीमा, सोमबार काठमाडौं फर्कन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
deuba-couple-2079.jpg

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । 

देउवा चुनावी प्रचार प्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेल्धुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेको बताए । 

प्रधानमन्त्री देउवा सोमबार काठमाडौँ फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ