arrow

दिवानलाई बिनाको साथ : यस्तो छ कांग्रेस नेता बिष्टको राजनैतिक यात्रा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
diwan-sing-bina.jpg

कञ्चनपुर । दिवान सिंह विष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । २०२० सालमा बैतडीको बाराकोटमा बुबा रामसिंह विष्ट र आमा पदमा देवि विष्टको कोखबाट जन्मिएका दिवान सिंह विष्ट २०३४ सालमा १४ वर्षको उमेरमा कञ्चनपुर परिवार सँगै झरेका थिए। उनी १६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहेका छन्।

वि.सं.२०३६ सालमा नेपाली कांगेस निकट नेविसंघ हुँदै राजनीतिमा होमिएका थिए विष्ट । त्यो ताका नेपाल विद्यार्थी सङ्घ महाकाली माध्यमिक विद्यालयका सभापति थिए उनी । २०४२ सालको जनमत सङ्ग्रहमा सक्रिय रहेका विष्ट २०४६ र ४७ सालमा पनि राजनीतिमा सक्रिय रहेका विष्ट २०४८ सालमा कञ्चनपुर जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका उनी १० औँ महाधिवेशन महासमिति सदस्य देखि हालसम्म रहेका छन् ।

२०५३ सालमा बेलौरी नगरविकास समितिका उपाध्यक्ष रहेका राजनीतिमा सक्रिय विष्टले २०६३ सालमा आरक्ष जग्गा समस्या समाधानका लागि गठित समितिका अध्यक्ष थिए। उनले आरक्ष पीडितका समस्या समेत समाधान गरेका थिए। सानैदेखि देश र जनताका लागि सेवा गर्छु भन्ने भावनाका उनी कञ्चनपुरको दक्षिणी क्षेत्रका समस्या समाधानमा सधैँ अग्रसर भएका छन्।

बेलौरी नगरपालिका ६ दुम्ली सीमा क्षेत्रमा बसोबास गर्दै आएका विष्ट नेता मात्र होईनन । सीमा रक्षा र समाजसेवाका अभियन्ताका रूपमा परिचित छन् । नेपाली कांगेसको झण्डै साढे चार दशकको लामो सक्रिय राजनीतिमा होमिएका विष्ट अहिले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्य बन्ने यात्रामा छन् । 

लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(२) प्रदेश सभाबाट प्रदेशसभा सदस्यका उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन् । 

विष्टलाई उनकै विगत दुई निर्वाचन ०७० र ०७४का मुख्य प्रतिस्पर्धी बिना मगर विष्टकै साथमा छिन । यसर्थ पनि विष्ट बलिया उम्मेदवारका रूपमा चिनिएका छन् । ०३४ मा पञ्चायकालिन समयदेखि विद्यार्थी राजनीतिमा होमिएका विष्ट अहिलेसम्म कांगेस कञ्चनपुरको सक्रिय राजनीतिमा होमिएका छन् । 

०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा विष्ट निर्वाचित भएर पहिलो पटक संसद बनेका थिए । नेविसंघबाट राजनीतिक शुरुवात गरेका विष्ट ०३५सालमा बेलौरीको चर्चित महाकाली माध्यमिक विद्यालयमा नेविसंघ इकाई अध्यक्ष भएर काम गरेका थिए । देशमा भएका ठुल ठुला परिवर्तन एव आन्दोलनमा प्रत्यक्ष सहभागी भएका विष्टमाथि राज्यबाट गिरफ्तारदेखि झुटा मुद्दा लगाउने काम भए । 

०३६ जनमत सङ्ग्रह, ०४२मा बहुदल निर्दल, ०४६मा प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलन र ०६२-०६३मा राजतन्त्रको हटाउनेदेखि गणतन्त्र पुनर्स्थापनाका लागि भएका आन्दोलनमा प्रत्यक्ष सहभागी भएका विष्ट पटक पटक गिरफ्तारदेखि घाइते भएका थिए । 

०५१ मा नेपाली कांगेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भए, ०५८ सालमा नेपाली कांगेस जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र हालसम्म महाधिवेशन प्रतिनिधि रहेका छन् । गत वर्ष सम्पन्न भएको नेपाली कांगेसको १४ औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । केही मतले मात्रै उनी पराजित भए । ०६३सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुनर्स्थापनाका लागि आरक्षपीडित आयोगका अध्यक्ष भएका विष्टले २ हजार ५सय ८६ परिवारको पहिचान गरेका थिए ।

विष्ट नेतृत्वको आयोगले हरेक आरक्षपीडितका लागि १० कट्टाका दरले जमिन र घर निर्माणका लागि प्रस्ताव अघि सारेर सरकारलाई प्रतिवेदन बुझाएका थिए । ‘हामीले १४ सय विगाह जमिन आरक्षपीडितका लागि खोजेर समेत सरकारलाई प्रतिवेदन बुझाएका थिए, ‘दिवान सिह विष्टले भने, ‘पछि त्यो प्रतिवेदन अर्को सरकार आएपछि कार्यान्वयन भएन ।’ 

०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र १ बाट निर्वाचित विष्टले उक्त क्षेत्रको विकास निर्माणका लागि थुप्रै पूर्वाधारका कार्यक्रम अघि बढाएका थिए ।  संसद हुँदा अन्तर्राष्ट्रिय समिति सदस्य भई महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका विष्टले क्षेत्रको विकास निर्माणका लागि समेत काम गरेका थिए । निर्वाचित भएपछि निरन्तर क्षेत्रका आउने जानेदेखि जनतासँग अन्तरक्रिया गर्दै आएका विष्ट जनताका लोकप्रिय नेताकै रूपमा परिचित भएका छन् । उनै जनताका लोकप्रिय नेता दिवान सिह विष्ट अहिले कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट प्रदेश सभा सदस्यको यात्रामा छन् । चुनावका लागि अहोरात्र खटिएका विष्टले क्षेत्रको विकास र संवृद्धिका एजेण्डा अघि सारेका छन् । 

विष्टले विगतमा संसद भएका बेला क्षेत्रमा हालेका योजना पुरा गर्ने पहिलो एजेण्डा अघि सारेका छन् । ‘मैले यस अघि संसद हुँदा क्षेत्रको विकासका र संवृद्धिका लागि पठाएका योजना कार्यान्वयन गर्छु, ‘उनले भने, ‘विगतका अधुरा योजना अघि बढाउँछु ।’

कृषकका लागि बेलौरी, बेलडाँडीमा कोल्ड स्टोर स्थापना गर्ने, बेलौरी-बेलडाँडीको सीमा समस्यामा समाधान गर्ने, हुलाकी सडक विस्तार गर्ने, बेलडाँडी बेलौरी जोड्ने छुट्टाछुट्टै सडक सञ्जाल विस्तार गर्ने, बेलौरीमा स्मार्ट सिटी निर्माण गर्ने, ढल निर्माण गर्ने, बेलौरीको छोटी भन्सार पुनर्स्थापना गर्दै स्तर वृद्धि गर्ने, क्षेत्रका ऐतिहासिक प्राकृतिक ताल, तलैया, मठमन्दिर धार्मिक क्षेत्रको प्रवर्द्धन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने । ‘मैले बेलौरी बेलडाँडी क्षेत्रका ठुल ठुला ताल पुरानै, बन्दा, कालिकिच, शोभा तालमा भ्यू टावर निर्माण गर्छु, ‘विष्टले भने, ‘एकातिर तालको संरक्षण अर्कातिर पर्यटन प्रर्बद्धनका एजेण्डा अघि सार्छु ।’ 

क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि यस क्षेत्रमा रहेका सामुदायिक विद्यालय एव क्याम्पसको स्तर वृद्धि गर्ने, प्राविधिक शिक्षालय विस्तार गर्ने एजेण्डा अघि सारेका छन् । ‘नदी कटानीले क्षेत्रमा उर्बराजमिन कटानी गरिरहेकाले चौधर, झर्नाखोला सहितका ठुला साना नदी खोला नाला नियन्त्रण गर्दै कृषियोग्य जमिन सुरक्षित गर्छु, ‘विष्टले भने, ‘यो क्षेत्रमा किसानका अथाह समस्या छन्, समाधान गर्छु ।’ 

निकुञ्ज र बन क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि मेसवायर निर्माण गर्दै मानव र वन्यजन्तुको द्वन्द्व नियन्त्रण गर्ने, युवा शक्ति विदेश पलायनबाट रोक्न उद्योग स्थापना गराउने पहल गर्ने एजेण्डा अघि सारेका छन् । बेलौरी बेलडाँडीका जनताको उच्च स्वास्थ्य सुविधाका लागि बेलडाँडी, बेलौरीका अस्पतालका साथै मिर्गौला उपचार केन्द्र निर्माण गर्ने बताए । ‘क्षेत्र भरीकै स्वास्थ्य संस्था एव चौकीहरूमा जनशक्ति सहित उपचार प्रबन्ध गर्छु, ‘विष्टले भने, ‘जनतालाई गाउँ घरमै थुप्रै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँछु ।’ 

आरक्षपीडित, भूमिहीन, सुकुमबासी, मुक्त कमैया, हलिया एव विपन्न नागरिकलाई जमिनको स्वामित्व दिलाउनका लागि अवरतरुपमा काम गर्ने प्रतिबद्धता जाहेर गरे । विष्टले सुशासन, विकास यसका साथै क्षेत्रको समग्र संवृद्धिका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । विष्टले आफ्ना चुनावी एजेण्डा लिएर क्षेत्रमा निरन्तर घरदैलोदेखिका कार्यक्रम अघि बढाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ