arrow

पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि संचालन

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
araniko-highway-1.jpeg
काठमाडौं। शनिबार राति अबिरल वर्षापछि गएको पहिरोका कारण अवरुद्ध बनेको अरनिको राजमार्ग सुचारु भएको छ। राजमार्ग अन्तर्गत दोलालघाट खाडीचौर सडकखणड स्थित बलेफीमा गएराति पहिरो जाँदा बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको हो।  करिब ४ घण्टाको निरन्तर प्रयासपछि सडक सुचारु भएको छ।
 
सडक अवरुद्ध हुँदा अरनिको राजमार्गमा चल्ने सयौं सवारीसाधनको लाम लागेको थियो । यस राजमार्गले नेपाललाई उत्तरी नाका तातोपानी मार्फत चीनसँग जोड्ने हुँदा सडक अवरुद्धले उत्तरी नाकातिर गएको सवारीसाधनलाई समयमा नै गन्तब्यसम्म पुग्न कठिनाइ थपिदिएको छ । 
घण्टौं सम्म सडक अवरुद्ध भएपछि दोलखा, रामेछाप, ओखलढुङ्गा लगायत अन्य गन्तब्यतिर हिडेका यात्रुहरु मार्कामा परेका थिए । 
 
राजधानी-कोदारी राजमार्ग भनेर चिनिने अरनिको राजमार्गले नेपाललाई उत्तरी छिमेकी राष्ट्र चीनसँग जोडेको छ ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ