arrow

बागलुङ देखी नयाँ दिल्ली सम्म सिधा बस सेवा संचालन

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
Bus-new-delhi.jpeg
नारायण रिजाल, 
बागलुङ। बागलुङ देखि  भारतको नयाँ दिल्लीको लागि सिधा बस सेवा संचालन हुने भएको छ। धौलागिरी अञ्चल यातायात बस व्यवसायि संचालक समिति बागलुङले मोर्डन इरा टुर्स ट्राभल्स प्रा.लि मार्फत आगामी असोज ७ गते देखि सिधा बस सेवा संचालन गर्ने भएको छ। हप्ताको प्रत्येक आइतबार, बुधबार र शुक्रबार बिहान १० बजे देखि पुरानो बस पार्क बागलुङबाट डिल्लीको लागि बस छुटने व्यवस्था मिलाइएको समितिका अध्यक्ष कुमार खडकाले बताए।
 
एक हजार दुई सय २० किलोमिटर रहेको दुरीमा यात्रा गर्ने हरेक व्यक्तिले नेपाली तिन हजार दुई सय रुपैया तिर्नुपर्ने भएको छ। बागलुङबाट छुटेको ३० घण्टामा नया दिल्ली पुग्न सकिने भएको अध्यक्ष खडकाले बताए। त्यसको लागि सबै व्यवस्था मिलाइएको समितिले जनाएको छ। बागलुङ, पोखरा, नारायणघाट हुदै दिल्ली सम्म जान सकिने र त्यहाबाट नेपाल आउने सक्ने महासचिव उमेश केसीले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ