- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पुर्याउनुपर्ने बताए ।
दुईदिने कार्यक्रममा सहभागी हुन झापा पुगेका अध्यक्ष ओलीले विकसित मुलुक बनाउनका लागि दीगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए । उनले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताए । एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो ।
“एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ”, अध्यक्ष ओलीले भने । उनले सहकारीलाई छुट्टै प्राथमिकतामा राखेर अर्थतन्त्रको खम्बाका रुपमा राखिनुपर्ने बताए । प्रविधिको सहकार्य सहकारीमार्फतबाट अरुले पनि प्राप्त गर्नुपर्ने उनको धारणा थियो ।