arrow

शेखरचन्द्रको निधनप्रति प्रधानमन्त्री दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
shekhar-chandra-thapa-morang-congress.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवम् प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

निमोनियाबाट ग्रसित प्रदेशमन्त्री थापाको उपचारका क्रममा आज बिहान १० बजेर ४० मिनेटमा नोबेल मेडिकल कलेजमा निधन भएको थियो । 

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत मोरङ क्षेत्र नं ३ प्रदेश (१)का कांग्रेस उम्मेदवारसमेत रहनुभएका थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

२०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए ।  ०७४ सालमा कांग्रेसबाट उनी प्रदेश सभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए ।  प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ